Hacking र Hackers को इतिहास
Hacking र Hackers को इतिहास
हाल प्रयोगमा रहेको "HACKING" शब्दको अर्थ को इतिहास खोज्ने हो भने हामीले 1980 को दशकलाई फर्केर हेर्नु पर्ने हुन्छ |

1980
मा "साइकोलोजी टुडे" नाम गरेको एउटा magzine ले आफ्नो एउटा लेखको प्रकाशन "
ह्याकर पेपर्स" मा पहिलो पटक ”Hackers”
भन्ने शब्द प्रयोग गरेको थियो | जसमा कम्प्युटरको अत्याधिक प्रयोग गर्दा हुने लतको बारेमा विश्लेषण गर्न खोजिएको थियो | 1982
मा रिलिज भएको एउटा "Tron" नाम गरेको फिल्म जुन विज्ञानमा आधारित भएर कल्पना गरी बनाइएको थियो | त्यस फिल्ममा फिल्मका नायकले कम्पनीको कम्प्युटर प्रणालीमा प्रवेश गर्ने आफ्नो मनसायलाई
"Hacking" शब्दले वर्णन गरेका थिए |
यस फिल्म रिलिज भएको अर्को वर्ष "WARGAMES" नाम गरेको अर्को फिल्म रिलिज भयो |
यो फिल्म, एक किशोरले कसरि आफ्नो कम्प्युटरको माध्यमबाट उत्तर अमेरिकी एयरोस्पेस डिफेन्स कमाण्ड (NORAD) मा प्रवेश गरि NORAD को सिस्टम
Hack गर्छ भन्ने कुरामा आधारित गरि बनाईएको थियो | यसरि कसैले कसैको computer प्रयोग गरि अरुको कम्प्युटर अथवा अरु कुनै system भित्र त्यस ब्यक्तिको अनुमति बिना छिर्ने काम गदर्छ भने त्यसलाई ईन्फरमेसन टेक्नोलोजीको भाषामा "INTRUSION" भनिन्छ |
त्यतिबेला बनाईएको यो फिल्म कुनै
सत्य कुरामा आधारित त थिएन | वास्तवमा त्यो एउटा कल्पना मात्र थियो | तर त्यसले
भविष्यमा
ह्याकरहरु बाट हुने राष्ट्रिय सुरक्षाको खतरालाई इंगित गरिरहेको थियो | जुन कुरा अहिले आएर सत्य साबित भईसकेको छ |
0 comments: